Kathmandu Press

सांसद बैठक २ बजेसम्मका लागि स्थगित, कार्यदलमा सहमति जुटाउने प्रयास जारी

आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका स्थगित गरेको हो। 
सांसद बैठक २ बजेसम्मका लागि स्थगित, कार्यदलमा सहमति जुटाउने प्रयास जारी

काठमाडौं, जेठ ६ : बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ।

आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका स्थगित गरेको हो। 

Hardik ivf

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलहरुबीच गृह मन्त्री रवि लामिछाने मुछिएको सहकारीहरुको छानविन गर्न संसदीय छानविन समिति बनाउने सहमति भएको थियो। तर समितिको कार्यदेशका बारेमा दलहरुबीच सहमति जुटि नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । 

कार्यदेशका बारेमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। 

कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेता ज्ञानेन्द्रबहादुर कार्की पनि कानुन मन्त्रालय पुगेका छन्।
 
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्