Kathmandu Press

संसद रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

‘मंैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर। संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट््टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ,’ उनले भने, ‘छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टार्गेट गर्नुहुँदैन्।’
संसद रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

काठमाडौं, जेठ ६ : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन्। 

आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए। 

Hardik ivf

‘मंैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर। संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट््टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ,’ उनले भने, ‘छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टार्गेट गर्नुहुँदैन्।’

उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताए। 

‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ। ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन्। हामीलाई चाहीं कठिन भएको छ । गतल संसदीय अभ्यास भइरहेको छ,’ अध्यक्ष राउतले भने। 
 
प्रकाशित मिति: १२:३६ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्