Kathmandu Press

रवि लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

संसद भवन नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। 
रवि लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं, जेठ ६ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेुस सहित सदनमा रहेका विपक्षी दलहरूको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको छ। 

संसद भवन नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। 

Hardik ivf

‘गृहमन्त्रीजीलाई सदनमा बोल्न दिने निर्णय भएको छ, उहाँले बोलिसकेपछि हामी संसदीय छानबिन समितिको माग गर्छौं,’ शाहीले भने।

प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरू हुन सकेको छैन। बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी थिए।

प्रमुख प्रतिपक्ष र सत्तारुण् दलबीच गृहमन्त्री लामिछानेमा लागेको सहकारी ठगीको आरोपमा संसदीय छानविन समिति बनाउने सहमति भएको छ । तर त्यसको कार्यदेशका बारेमा गठत कार्यदलले गृहकार्य गरिरहेको छ। नेपाली कांग्रेसले लामिछानेमा माथि संसदीय छानविन समितिको माग राख्दै संदन अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: ११:४६ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्