लायन्स क्लब अन्तर्राष्ट्रिय गुठीद्वारा जिपी कोइराला श्वासप्रश्वासलाई एक करोड वढी सहयोग
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।तनहुँ, जेठ ६ : तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार सहयोग गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।
अस्पतालमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले डायलासिस क्लबले सो अस्पतालमा सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
मिर्गौला पीडितका लागि आवश्यक उपचार गर्न अस्पतालमा ६ थान मेसिन राख्ने तयारी गरिएको लायन्स क्लबका जिल्ला जनसम्पर्क अधिकारी पिआरो नारायण प्रसाद पोख्रेल ले बताए । उनले भने, ‘यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उनीहरुलाई सहज हुन्छ ।”
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व कोइरालाको नाममा गिरीजाप्रसाद राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद, व्यास नगरपालिका, म्याग्दे, रिसिङ, घिरिङ, गाउँपालिकासहित स्याङ्जा जिल्लाका पुतलीबजार, चापाकोट नगरपालिका तथा हरिनास, बिरूवा गाउँपालिका साथै कास्कीका पोखरा माहानगरका केही वडा,पाल्पाको रापपुर नगरपालिका, नवलपरासी को बैदिकालिका गाउँ पालिक एवम् लंमजुङको मध्यनेपाल नगरपालिका का बिरामीले प्रतक्ष लाभ लिन सक्ने पोख्रेलले बताए ।
लायन्स वर्ष २०२२।२३ को लायन्स क्लब अप तनहुँ खैरेनीटार को अध्यक्ष हुदै गर्दा लायन्सको नाममा करोडौं रकम बाहिरिएको भन्ने समाचारले आफूलाई निकै पोलेको र केही गर्नुपर्छ आफ्नो ठाउँमा भनी आफ्नै क्लबको स्पोन्सरमा गठीत छिमेकी दुई क्लबको साथमा गत वर्ष प्रपोजल पेश गरेको र हाल प्रोजेक्ट आउँदा आफु लायन्स हुनुमा गर्भ लागेको पोख्रेल बताउँछन् । यो सगै लायन्स अन्तर्राष्ट्रियबाट यस वर्ष मात्र नेपालको विभिन्न स्थानमा २७ करोड बराबरको सहयोग प्राप्त भएको छ ।