Kathmandu Press

सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति बनाउने सत्ता गठबन्धन र कांग्रेसबीच सहमति

छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनेबारे समान धारणा रहेको उल्लेख गर्दै समितिको कार्यदेशबारे आइतबारबाट काम हुने बताए।
सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति बनाउने सत्ता गठबन्धन र कांग्रेसबीच सहमति
फाइल तस्बिर।

काठमाडौं, जेठ ५ : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारीमा रहेका विद्यमान समस्याहरुबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार करिब दुई घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो। यो सहमतिसँगै संसदमा देखिएको गतिरोध पनि अन्त्य भएको छ।

Hardik ivf

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबीच छलफल भएको थियो।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनेबारे समान धारणा रहेको उल्लेख गर्दै समितिको कार्यदेशबारे आइतबारबाट काम हुने बताए। तर, कांग्रेसको मागअनुसार गृहमन्त्री लामछिानेमाथि केन्द्रित भएर समिति गठनको सहमति भए÷नभएको भने खुलाएनन्।

‘आज हामी मुख्य दलको शीर्ष नेताहरूको बैठक बस्यो। प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नुभएको हो,’ उनले भने, ‘भोलिको सदनको विषयलाई लिएर छलफल भयो। सकारात्मक रूपमा नै अघि बढ्छ । समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ। समितिको कार्यादेश के हुने भन्ने बारेमा पनि काम गर्ने कुरा भएको छ।’

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष समेत सहमत भएपछि विगत दुई महिनादेखिको संसद अवरोध हट्ने सम्भावना छ। तर सत्ता पक्षले छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम राख्न सहजै स्विकार्ने देखिँदैन।

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्