Kathmandu Press

‘पत्रकारलाई बाहिर राखेर महासंघको निर्वाचन हुँदैन’

‘पत्रकारलाई बाहिर राखेर महासंघको निर्वाचन हुँदैन’

काठमाडौँ, जेठ ५: नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार बञ्चित हुन नहुने बताएका छन्। नैकापमा नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको बैठक तथा छलफलमा अध्यक्ष लम्सालले मतदानबाट कोही पत्रकार पनि बञ्चित नहुने गरी महासंघले मतदाता नामावली सार्वजनिक गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।

'सदस्यता शुद्धीकरणको मापदण्डअनुसार नै सदस्यता रद्द गर्ने वा नवीकरण गर्ने काम हुन्छ भन्नेमा म विश्वस्त छु। त्यसैले महासंघले सार्वजनिक गर्ने मतदाता नामावलीमा पत्रकार छुट्दैनन्, छुट्नुहुँदैन,' अध्यक्ष लम्सालले भने।

सदस्यताको विषयमा उठिरहेका प्रश्न लिएर महासंघ नेतृत्वसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए।

युनियन काठमाडौं शाखा अध्यक्ष महेश गौतमले सदस्यताको विवाद मिलाएर मात्र महासंघले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियन ललितपुर शाखा अध्यक्ष केदारनाथ दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०:०१ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्