‘निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु’
‘मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन्,’ उनले भने, ‘बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु।’
नवलपरासी, जेठ ५ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
उद्योग वाणिज्य संघ नवलपरासीको पाँचौं साधारणसभाका अवसरमा गैंडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए।
‘मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन्,’ उनले भने, ‘बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु।’
नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रंगशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो।
डा. कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए।
‘नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ। अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ,’ उनले भने, ‘अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ।’









![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)


