संसद चलाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई सभामुख घिमिरेको आग्रह
बालुवाटारमा शनिबार भएको छलफलमा सभामुख घिमिरेले उक्त आग्रह गरेका हुन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।
काठमाडौं, जेठ ५ : सभामुख देवराज घिमिरेले विश्वासको मत लिनुअघि नै संसद् सुचारु हुने अवस्था सिर्जना गर्ने वातावरण मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
बालुवाटारमा शनिबार भएको छलफलमा सभामुख घिमिरेले उक्त आग्रह गरेका हुन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको छ।
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने भएपछि ६ गतेसम्म विपक्षी दललाई सौहार्द रूपमा सदनमा उपस्थित हुने वातावरण मिलाउन सभामुख घिमिरेले आग्रह गरेका हुन्।
जनता समाजवादी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते संसद्मा विश्वासको मत लिने तयारीमा छन्।
प्रकाशित मिति: १८:२१ बजे, शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)