Kathmandu Press

‘राजनीतिमा युवा सहभागिता बढाउन दलहरु सुध्रिनुपर्छ’

डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन्।
‘राजनीतिमा युवा सहभागिता बढाउन दलहरु सुध्रिनुपर्छ’

काठमाडौं, जेठ ५ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समय राजनीतिप्रति युवाहरुमा वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताएकी छिन्।

शनिबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै एमाले नेतृ समेत रहेकी डंगोलले जोस र जाँगर भएका युवाहरुले राजनीतिक दलहरु मात्र नभइ हरेक क्षेत्र हाँक्न सक्ने बताइन्।

Hardik ivf

‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैले लिँदै आएको छु। अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ,’ उनले भनिन्, ‘युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरु एकदम सहभागिता कमजोर हुन दिनुहँुदैन।’

त्यस्तै डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन्। पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउने आवश्यक रहेको बताइन्।

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्