चैती छठ सार्वजनिकस्थल र पोखरीमा नमनाउन प्रहरीको आग्रह
धनुषा, चैत १७ : कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ।
....धनुषा, चैत १७ : कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्वारा जारी गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दे आज (सोमबार) हुने सो पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको हो ।
सार्वजनिक स्थल र पोखरीमा नमनाउन गरिएको आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि प्ररीले अनुरोधसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ।
सन्तान प्राप्ति, निरोगिता, सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ।