Kathmandu Press

शीर्ष नेताससहित बालुवाटारमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो।
शीर्ष नेताससहित बालुवाटारमा छलफल
फाइल तस्बिर।

काठमाडौं, जेठ ५ : संसदमा उत्पन्न गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो।

Hardik ivf

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर कांग्रेसले संसद अवरोध गर्दै आएको छ। सोही विषयको टुंगो लगाउन प्रधानमन्त्री प्रचण्डले छलफल डाकेका हुन्।

 

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्