कांग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : बर्तौला
उनले देशलाई अस्थिरतातर्फ लाने प्रयत्नको फेरि पनि प्रायोजित षड्यन्त्रमा नेपाली कांग्रेस लागेको कुरा पनि प्रष्ट भएको बताए। कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाइ छ।-1716030607.jpg)
काठमाडौं, जेठ ५ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसको प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित युवा विचार गोष्ठी कार्यक्रममा उनले गुलियो चास्नीमा घुमिरहने झिंगा जस्तै सत्ताको वरिपरि कांग्रेस घुमिरहेको भन्दै त्यही कारणले आज संसद अगाडि बढ्न नसकेको बताए।
‘समग्रमा भन्नुपर्दा एउटै कारण गुलियो चास्नीमा फन् फनी घुमिरहने झिंगा जस्तै सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले गर्दा संसदमा गतिरोध आयो र आज संसद अगाडि बढ्न सकेन । सारमा कुरा यही नै हो,’ उलने भने, ‘कांग्रेसमा राजनीतिक पूर्वाग्रह छ, मुलुकको समस्यालाई सम्मान गर्ने दिशातर्फ छैन । नीति तथा कार्यक्रम देशको महत्वपूर्ण विषयलाई छलफल गर्न नदिनेगरी अगाडि बढेको छ।’
उनले देशलाई अस्थिरतातर्फ लाने प्रयत्नको फेरि पनि प्रायोजित षड्यन्त्रमा नेपाली कांग्रेस लागेको कुरा पनि प्रष्ट भएको बताए। कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाइ छ।
‘कांग्रेसका एक नेता जसले संसदमा अध्यक्षमाथि अशिष्ट व्यवहार प्रदर्शन गरे। त्यसैले कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन संसदीय मूल्य र मान्यताको जगबाट संसद चल्न होइन, दादागिरीमा लान चाहन्छ भन्ने कुरा पुष्टि हुन्छ,’ उनले भने।
संसद्मा जसरी उदण्ड प्रस्तुतिहरू प्रतिपक्षले देखाएको छ यसले संसदीय प्रणालीमाथि प्रश्नचिन्ह खडा हुने अवस्था निर्माण भएको पनि उनको भनाइ छ।
‘देशभरका सहकारीहरुमा आएको समस्याको समाधान गर्न एमाले पनि चाहन्छ । तर एक दुई वटामात्र सहकारीका छानबिन गर्ने उद्देश्य राखेर जसरी प्रमुख प्रतिपक्षका साथीहरुले उदण्ड प्रस्तुतिहरु उहाँहरुबाट भइरहेको छ, यसले संसदीय प्रणालीमाथि प्रश्न चिन्ह खडा हुने अवस्था निर्माण भएको छ,’ उनले भने।










![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)

