फोडेन बने प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी
यो सिजन सिटीलाई लागातार चौथो पटक प्रिमियर लिग उपाधि नजिक पु¥याउन २३ वर्षीय फोडेको भूमिका महत्वपूर्ण छ। अब सिटी अन्तिम खेलमा विजयी भए कीर्तिमानी लागतार चौथो पटक च्याम्पियन बन्ने छ।काठमाडाैं, जेठ ५ : म्यान्चेस्टर सिटीका युवा विंगर फिल फोडेन यो सिजनको प्रियिमर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। भोटिङका आधरमा फोडेनले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।
यस क्रममा उनले सिटीकै अर्लिङ हालान्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेक्लन रइस, चेल्सीका कोल पाल्मर, लिभरपुलका भिर्गिल भान डाइक, एस्टन भिल्लाका ओली वाट्किन्स र न्युकासलका अलेकजान्डर इसाकलाई पछि पारे।
यो सिजन सिटीलाई लागातार चौथो पटक प्रिमियर लिग उपाधि नजिक पु¥याउन २३ वर्षीय फोडेको भूमिका महत्वपूर्ण छ। अब सिटी अन्तिम खेलमा विजयी भए कीर्तिमानी लागतार चौथो पटक च्याम्पियन बन्ने छ।
यो सिजन फोडेनले ३४ खेलमा १७ गोल र ८ असिस्ट गरेका छन्। मध्य सिजनमा केभिन डे ब्रुयन र हालान्डको अनुपस्थितिमा उनी सिटीका मुख्य खेलाडी थिए।
लगातार पाँचौं सिजन सिटीका खेलाडीले यो अवार्ड जितेका हुन्। यसअघि डेब्रयुनाले २०१९–२० र २०२१–२२ तथा रुबिन डियासले २०२०–२१ र हालान्डले अघिल्लो सर्वोकृष्ट खेलाडीको अवार्ड जितेका थिए।
यता, फोडेन जिमी भार्डीपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन्। भार्डीले २०१५–१६ को सिजन यो अवार्ड जितेका थिए।