Kathmandu Press

राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ

उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए। उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ

काठमाडौं, जेठ ५ : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

आज नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे।

Hardik ivf

उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए। उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईं हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ। किनकी राजनीति कहिल्यै पनि फोहोरी हुँदैन,’ उलने भने, ‘राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक संमृद्धि ल्याउँछ, सुशासन ल्याउँछ। फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ।’

नेम्वाङले अग्रज, युवा र सबै एकजुट भएर राजनीतिको भाष्य बदल्न कसरी सकिन्छ त्यसमा निचोड निकाल्न लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले देशमा केही पनि हुँदैन, भविष्य छैन भनेर नकारात्मकता फैलाइएको भन्दै त्यो भाष्यलाई नेतृत्वले चिरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए।
‘शुरुवात अब हामीबाटै गर्नुपर्छ, हामीले नै यसलाई परिवर्तन गर्दै लानुपर्छ । देशमै स्वरोजगारको वातावरण बनाउनुपर्छ । देशलाई समृद्धितर्फ लैजान हामीले सकारात्मक सोच राख्नुपर्छ,’ उनले भने।

नेम्वाङले नेतृत्वले यो वा त्यो गर्यो नि भन्ने भ्रम सिर्जना हुनेगरी ‘अरे’ शब्दको प्रयोग गरेर हुँदै नभएको कामको बखान गर्ने प्रवृति बढेकोतर्फ जोड दिदै सत्य र तथ्यमा आधारित भएर बोल्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्