संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक, दिउँसो २ बजे फेरि प्रधानमन्त्रीसँग छलफल हुने
करिब आधा घण्टा भएको छलफलमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
काठमाडौं, जेठ ५ : संसदमा देखिएको वर्तमान गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री दाहाल र कांग्रेस शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल केहीबेर अघि सकिएको छ।
करिब आधा घण्टा भएको छलफलमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। यो विषयमा आजै सत्ता पक्षसँग छलफल गरेर फेरि हामीसँग छलफलमा बस्ने प्रधानमन्त्रीले बनाएको उनले जनाए।
‘संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत उहाँ (प्रधानमन्त्री) हुनुहुन्छ। आजै सत्तापक्षका अन्य दलहरुसँग कुरा गरेर फेरि तपाईंहरूसँग कुरा गर्छु भन्नुभएको छ,’ प्रमुख सचेतक लेखकले भने।
कांग्रेसले संसदीय छानविन समितिको मागलाई कायमै राखेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीले सत्तापक्षक दलहरुसँग छलफल गरेपछि दिउँसो २ बजे फेरि कांग्रेस नेताहरुसँग छलफल गर्ने कुरा भएको लेखकले बताए।
छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालसँगै र जनार्दन शर्मा सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।










![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)

