Kathmandu Press

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपा नेपालको आह्वान

‘पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौं,’ आह्वानपत्रमा भनिएको छ।
विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपा नेपालको आह्वान

काठमाडौं, जेठ ५ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गरेका हुन्।

Hardik ivf

‘पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौं,’ आह्वानपत्रमा भनिएको छ।

निर्वाचन आयोगले गत वैशाख २४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीमा राईसँगै संघीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी गरी सात जना रहेका छन्।

जसपा अध्यक्ष यादवले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जनता समाजवादी पार्टीलाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश गरिसकेको छ भने जेठ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्