Kathmandu Press

काठमाडौंमा हिमालयन लिटरेचर फेस्टिभल हुने, तयारी अन्तिम चरणमा

फेस्टिभलमा प्यानल छलफल, विभिन्न भाषाका कविता वाचन, पुस्तक विमोचन र विभिन्न विधाका लेखकहरूसँग अन्तरक्रियाहरु हुने आयोजकले जनकारी दिएको छ।
काठमाडौंमा हिमालयन लिटरेचर फेस्टिभल हुने, तयारी अन्तिम चरणमा

काठमाडौं, जेठ ४ : न्युयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्यिक कार्यशाला एवम हिमालयन लिटरेचर फेस्टिभल आयोजना गर्ने भएको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वर्कसपले ह्वाइट लोटस बुक सप ललितपुरसँगको सहकार्यमा यही जेठ १० गते साहित्यिक सम्मेलन आयोजना गर्ने र जेठ १४ र १५ हिमालयन लिटेचर फेस्टिभलमा परिणत गर्ने जानकारी दिइएको छ।

Hardik ivf

फेस्टिभलमा प्यानल छलफल, विभिन्न भाषाका कविता वाचन, पुस्तक विमोचन र विभिन्न विधाका लेखकहरूसँग अन्तरक्रियाहरु हुने आयोजकले जनकारी दिएको छ।

हिमालयन लिटरेचर फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले काठमाडौंमा कार्यशाला तथा सम्मेलनको नयाँ संस्करणको आयोजना गर्न पाउँदा हर्षित भएको बताए। एउटा प्लेटफर्म सिर्जना गरी साहित्यलाई मात्र नभई समुदायको भावनालाई बढावा दिने र रचनात्मकतालाई प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उनको भनाइ छ।

‘यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरु गर्न पाउँदा हामी हर्षित छौं। हाम्रो लक्ष्य एउटा प्लेटफर्म सिर्जना गर्ने हो,’ उनले भने, ‘जसले साहित्यलाई मात्र होइनसमुदायको भावनालाई बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्दछ।’

महोत्सवमा नेपालका लागि अष्ट्रेलियाली राजदूत तथा साहित्यकार फेलिसिटी भोल्क, पोल्यान्डका कवि सन भान र डारियस लेबियोडा, पानामानियन कवि गोर्का लासा, दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्ता, अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओ, अंग्रेजी कवि मारिया क्लेयर हिथ, ग्रीक कवि, लेखक तथा शिक्षक भयासिलिस मनुसाकिस सहभागी हुनेछन्।

महोत्सव काठमाडौं ठमेलमा रहेको काठमाडौं गेस्ट हाउसमा हुनेछ । कार्यक्रममा करिब तीन दर्जनबढी नेपाल साहित्यकार एवम लेखकहरु प्रत्यक्ष सहभागी हुनेछन्। सहभागी सर्जकहरूले कार्यशालामा तयार गरेका आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्