Kathmandu Press

काभ्रेमा पोलियोविरुद्ध ‘आईपिभी’ खोप अभियान

उनले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका पोलियो विरुद्धको खोप लगाउन छुट भएका बालबालिकालाई लक्षित गरि कार्यक्रम सुरु गरिएको जानकारी दिइन्।
काभ्रेमा पोलियोविरुद्ध ‘आईपिभी’ खोप अभियान

काभ्रे, जेठ ४ : काभ्रे जिल्लामा पोलियो रोग विरुद्धको ‘आईपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेबाट अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन्।

खोप फोकल पर्सन पार्थमणि न्यौपानेले पोलियो रोग उन्मुलन गर्ने उदेश्यका साथ आईपिभी खोप अभियान सञ्चालन गर्न लागिएको बताए। उनले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका पोलियो विरुद्धको खोप लगाउन छुट भएका बालबालिकालाई लक्षित गरि कार्यक्रम सुरु गरिएको जानकारी दिइन्।

Hardik ivf

उनले यो खोप छुटेका बालबालिकाको लागि भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई यस अभियानमा समेट्न चुनौती रहेको समेत बताए।

0-PV6IWn-1715957970.jpeg
२०७३ जेठ देखि २०७५ भाद्रसम्म विश्वमै खोप आपुर्ति बन्द हुँदा २०७३ वैशाखदेखि २०७५ आश्विनभित्र जन्मिएका बालबालिकालाई सुई मार्फत लगाइने पोलियो विरुद्धको खोप आइपिभी छुट भएको थियो।

काभ्रेमा १३ वटा स्थानीय तहका १७ हजार ७ सय ५९ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ। संसारभरका सवै देशमा यो रोगका विरामी शुन्य नहुन्जेल यो खोप राष्ट्रिय तालिका अनुसार लगाउनपर्ने नियम रहेको छ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि अभियान सञ्चालन गरिएको भन्दै खोपबाट बालबालिकामा देखिने नकारात्मक असरको वारेमा समेत ध्यान दिन आग्रह गरे।

प्रकाशित मिति: २०:४४ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्