Kathmandu Press

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ। त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ, त्यसकारण संसद् चलाउनै पर्छ,’ अध्यक्ष ओलीले भने, ‘देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन, कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन।’
अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली
फाइल तस्बिर।

पर्सा, जेठ  ४ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए।

एमाले पर्साको नवौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ बताए।

Hardik ivf

‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ। त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ, त्यसकारण संसद् चलाउनै पर्छ,’ अध्यक्ष ओलीले भने, ‘देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन, कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन।’

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसदमा बोल्न दिनुपर्नेमा जोड दिए। ‘कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ, आरोपका बारेमा संसदमा बोल्छुभन्दा पनि बोल्न दिँदैन। बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ। आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि,’ अध्यक्ष ओलीले भने।

अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने ओलीले बताए। उनले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेको बताए।

‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ। बेइमानी कुरा गरेको छ। त्यस्ता कुरा पत्याएर हिँड्ने होइन,’ उनले भने।

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्