Kathmandu Press

प्रधानमन्त्री दाहाल र देउवाबीचको भेटघाट शनिबारलाई सारियो

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेट शनिबारका लागि सारिएको छ।
प्रधानमन्त्री दाहाल र देउवाबीचको भेटघाट शनिबारलाई सारियो

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेट शनिबारका लागि सारिएको छ।

दुई शीर्ष नेताविच शुक्रबार साँझ भेट हुने भनिएको थियो। भेटघाट शनिबारका लागि सरे पनि समय भने तय भएको छैन।

Hardik ivf

संसदीय छानविन समितिको मागसहित कांग्रेससहितका विपक्षी दलहरुले अवरोध गरिरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका छन्। कांग्रेसले प्रधानमन्त्रीको निर्णय अपरिपक्व रहेको बताएको छ।

 

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्