Kathmandu Press

स्वर्गीय नेपालका परिवारलाई राष्ट्रपतिको समवेदनापत्र

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको निधनमा गहिरो शोक प्रकट गर्दै शोकाकुल परिवारका सदस्यलाई समवेदनापत्र पठाएका छन्।
स्वर्गीय नेपालका परिवारलाई राष्ट्रपतिको समवेदनापत्र

काठमाडौं, जेठ ४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका स्वर्गिय ज्ञानमणि नेपालका परिवारका सदस्यलाई समवेदनापत्र पठाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको निधनमा गहिरो शोक प्रकट गर्दै शोकाकुल परिवारका सदस्यलाई समवेदनापत्र पठाएका छन्।

Hardik ivf

राष्ट्रपति पौडेलको समवेदना पत्रमा भनिएको छ, ‘तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो।’

राष्ट्रपति पौडेलले ज्ञानमणिका ‘नेपालको महाभारत’, ‘नेपाल निरुक्त’ लगायतका कृतिसहित कयौँ अनुसन्धान र खोजमूलक लेख रचना चिरकालसम्म ज्ञानका भण्डारकारूपमा रहिरहने समेत पत्रमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार एवम् राष्ट्रपति पुत्रीसमेत रहेकी स्वकीय सचिव अवज्ञा पौडेलले शोकाकुल परिवारलाई समवेदनापत्र हस्तान्तरण गरेका छन्।

 

 

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्