मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने
वर्तमान सरकार गठन भएको १६ महिनासम्म पनि मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको थिएन। लामो समयसम्म सम्पत्ति विवरण नबुझाइएको भन्दै नागरिक स्तरबाट समेत आलोचना हुँदै आएको थियो।
काठमाडौं, जेठ ४ : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।
वर्तमान सरकार गठन भएको १६ महिनासम्म पनि मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको थिएन। लामो समयसम्म सम्पत्ति विवरण नबुझाइएको भन्दै नागरिक स्तरबाट समेत आलोचना हुँदै आएको थियो।
मन्त्रिपरिषदको निर्णय अनुसार अब सबै मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउन बाध्य हुने छन्। कानुनले सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने भनि पनि पालना भएको थिएन।
प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)