कांग्रेसले संसदमा उत्ताउलोपन देखायो : ओली
‘कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन,’ ओलीले भने।
काठमाडौं, जेठ ४ : एमाले अध्यक्ष केपी ओलीले संसद्मा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा उत्ताउलोपन देखाएको बताएका छन्।
शुक्रबबार दिउँसो संसदभवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए।
‘कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन,’ ओलीले भने।
बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बाबजुद सभामुखले बैठक अगाडि बढाएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरु धकेलाधकेल भएको थियो।
नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसपछि आफ्नो ठाउँबाट उठ्दै ओलीले रविलाई रोस्टममा जाने भनेका थिए। त्यसपछि दुवैतर्फका सांसदबीच धकेलाधकेल भएको थियो।
अध्यक्ष ओलीले कांग्रेस सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको दाबी गरे।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)