निःसन्तान दम्पतीलाई हार्दिक आईभिएफमा १ लाख ९९ हजारमै आईभिएफ सेवा
कम आम्दानी भएका विरामीले आईभिएफ सेवा १ लाख ९९ हजारमै पाउने हार्दिक आईभिएफका प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए।काठमाडौं, जेठ ४ : हार्दिक आईभिएफ एण्ड फर्टिलिटि सेन्टरले निःसन्तान दम्पतीका लागि आईभिएफ सेवा सुरु गरेको छ।
कम आम्दानी भएका विरामीले आईभिएफ सेवा १ लाख ९९ हजारमै पाउने हार्दिक आईभिएफका प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए।
साथै उनले आईयुआई मात्र ८ हजार ५ सय र ल्याब टेष्ट तथा विर्यको जाँचमा २० प्रतिशत छूट दिने समेत दिइने बताए।
सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रीरोगसम्बन्धी सुलभ दरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको छ। हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभिएफ विशेषज्ञका रुपमा डा. अर्चना शाक्य बरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानुलगायत मेडिकल टिम कार्यरत छन्।
डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न छिन् भने डा. बानु विगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिँदै आएकी छिन्।
हार्दिक आईभिएफले निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको कारण पत्ता लगाई आईयुआई, आईभिएफलगायत अन्य उपचार सेवा दिँदै आएको छ।