‘आफूमाथिको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्छु भनेर बार्गेनिङ नगर्नुस्’
उनले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्रीलाई सुझाव दिए।
काठमाडौं, जेठ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूमाथिको आरोप पन्छाउन अन्य भ्रष्टाचारको फाइलन खोल्छु भन्दै गृहमन्त्री रवि लामिछानेले बार्गेनिङ गरेको अरोप लगाएका छन्।
शुक्रबार संसद भवन बानेश्वरमा प्रतिपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्रीलाई सुझाव दिए।
‘गृहमन्त्री तपाईं नै हुनुहुन्छ, बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्नुस्, मेरो सुझाव छ,’ उनले भने।
यस्तै, उनले एमाले अध्यक्ष केपी ओली प्रतिनिधिसभा विघटनको लाइनमा रहेको पनि बताए। संसद् खुलाउन गृहमन्त्री लचिलो रहेको तर, एमाले अध्यक्ष ओली लचिलो नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘एमाले अध्यक्ष ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ। उहाँ पहिले आफूले विघटन गरेको निर्णय सही थियो भन्ने लाइनमा फेरि जान चाहनुभएको छ,’ उनलृ भने ‘उहाँलाई स्पष्ट थाहा छ । संसद् अवरुद्ध भएर बजेट आएन भने संसद् विघटन हुन्छ। त्यसैको भूमिका खेल्नुभएको हो।’












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)