Kathmandu Press

गिरिबन्धु टि–स्टेटको फाइल खोल्न राप्रपाको माग

‘गिरीबन्धु टि–स्टेटको फाइल खोलौं, यो गृहमन्त्रालय अन्तर्गत नै पर्छ, काहीँ जान पर्दैन,’ उनले भने ‘एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ।’
गिरिबन्धु टि–स्टेटको फाइल खोल्न राप्रपाको माग

काठमाडौं, जेठ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरीबन्धु टि–स्टेट घोटना प्रकरणको फाइल खोग्न माग गरेको छ।

शुक्रबार संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरिबन्धु टि–स्टेटको फाइल खोल्न आग्रह गरे।

Hardik ivf

‘गिरीबन्धु टि–स्टेटको फाइल खोलौं, यो गृहमन्त्रालय अन्तर्गत नै पर्छ, काहीँ जान पर्दैन,’ उनले भने ‘एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ।’

सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला गरेको छ। यो फैसलालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रश्न उठाउन थालेको छ।

प्रमुख सचेतक शाहीले क्यान्टोनमेन घोटाला, ओम्नी घोटाला, वाइडबडी घोटाला, ललिता निवास प्रकरणलगायत अन्य घोटलाका फाइलहरु खोल्नु पर्ने बताए।

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्