Kathmandu Press

संसद बस्दै नबसी स्थगित, अर्को बैठक आइतबार ११ बजे बस्ने

आज ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर २ बजेका लागि सारिएको थियो। तर, दलहरुबीच सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो।
संसद बस्दै नबसी स्थगित, अर्को बैठक आइतबार ११ बजे बस्ने

काठमाडौं, जेठ ४ : प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ।

आज ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर २ बजेका लागि सारिएको थियो। तर, दलहरुबीच सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो।

संघीय संसद सचिवालयले सूचना निकालेर अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्ने जनाएको छ।

Hardik ivf

‘आज मिति २०८१ साल जेठ ४ गते शुक्रबार दिनको २ बजे बस्ने गरी सूचना प्रकाशन भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको छ,’ सूचनामा भनिएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने मुछिएकाले त्यस विषयमा संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

बिहीबारको बैठकमा कांग्रेसको विरोधकाबीच सभामखु देवराज घिमिरेले संसद बैठक अगाडि बढाउने प्रयास गरेपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबीच धकेलाधकेलको स्थिति बनेको थियो। त्यसपछि प्रतिपक्षी दलहरुले निपक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।

संसदको बिहीबारको घटनापछि प्रतिपक्षी दलहरु एक हुँदै संसदीय छानविन समितिको मागलाई साझा मुद्दा बनाएका छन्। उनीहरुले संसदीय समिति नबनेसम्म संसद चल्न नदिने बताएका छन्।

संसदको अवरोध अहटाउन प्रधानमन्त्री पुष्कपमल दाहाल र सभामुख घिमिरेले प्रयास जारी गरेका छन्। आजै बिहान प्रधानमन्त्रीले सत्तापक्षका शीर्ष दलका नेताहरुसँग छलफल गरेका थिए भने आजै साँझ कांग्रेस नेताहरुसँग पनि छलफल गर्दैछन्।

सभामुख घिमिरेले पनि प्रमुख सचेक र सचेतकहरुसँग छलफल गरेका थिए।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्