संविधानको रक्षाका लागि बारको भूमिका महत्वपुर्ण छ : प्रधानमन्त्री दाहाल
स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, प्रेस स्वतन्त्रता र शान्ती र लोकतन्त्र स्थापनाका निम्ति स्मरणीय भएको उल्लेख गर्दै दाहालले न्यायपालिका स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए।-1715936768.jpg)
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण रहेको बताएका छन्।
शनिबार १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानमाथि हमला हुन खोज्दा त्यसको रक्षाका लागि बारले महत्वपुर्ण भुमिका खेलेको स्मरण गरे।
‘नेपालमा शान्ती स्थपना, लोकतन्त्र स्थापना, गणतन्त्र स्थापनाका लागि र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समयमा संविधानमाथि हमला हुन खोज्दा त्यसको रक्षाका लागि बारले खेलेको भुमिका म स्मरण गर्न चाहान्छु।’
लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्ने बताए। नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एसोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताए।
स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, प्रेस स्वतन्त्रता र शान्ती र लोकतन्त्र स्थापनाका निम्ति स्मरणीय भएको उल्लेख गर्दै दाहालले न्यायपालिका स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)