संसदीय छानवीन समिति विपक्षी दलको साझा ‘बटम लाइन’
सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्ने बिषयमा विपक्षी दलहरुकको बटम लाइन नै बनाउने समझदारी बनेको जनाइएको छ। उक्त समझदारीबारे सभामुखलाई जानकारी गराइने भएको छ।
काठमाडौं, जेठ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आमन्त्रणमा बसेको विपक्षी दलहरुको बैठकले तीन विषयमा साझा समझदारी तय गरेको छ।
समझदारी अनुसार सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन्।
कांग्रेस सभापति देउवाको संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग भएको छलफलपछि उक्त समझदारी बनेको हो।
सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्ने बिषयमा विपक्षी दलहरुकको बटम लाइन नै बनाउने समझदारी बनेको जनाइएको छ। उक्त समझदारीबारे सभामुखलाई जानकारी गराइने भएको छ।
प्रतिनिधि सभामा हुने विरोध प्रक्रियामा सबै दल एकैठाउँमा रहेको दिने गरी पाँच दलको तर्फबाट सभामुखलाई जानकारी गराइने भएको छ।
विपक्षी दलहरुले संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने भएका छन्। संसदीय समिति नबनेसम्म सरकारलाई कुनै पनि एजेण्डामा प्रवेश गर्न नदिने सहमति बनेको छ।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)