कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं, जेठ ४ : राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै कांग्रेस सांसदहरुले बिहीबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका थिए। अर्को बैठक जेठ ६ गते दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)