Kathmandu Press

सबैले भरोसायोग्य न्याय प्रणालीमा प्रयास केन्द्रित गरौं : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश श्रेष्ठले अदालत, बार एशोसिएशन, न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य एउटै रहेको श्रेष्ठले बताए।
सबैले भरोसायोग्य न्याय प्रणालीमा प्रयास केन्द्रित गरौं : प्रधानन्यायाधीश

काठमाडौं, जेठ ४ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासमा संवद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताएका छन्।

काठमाडौंमा सुरु भएको कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा शुक्रबार बोल्दै श्रेष्ठले उक्त कुरा बताएका हुन्।

Hardik ivf

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आमनागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामुलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको पनि बताए। यसका लागि नेपाल बार एशोसिएशन, कानुन व्यवसायीहरू र अदालतले मिलेर काम गर्नुपर्ने भनाई श्रेष्ठको छ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालत, बार एशोसिएशन, न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य एउटै रहेको श्रेष्ठले बताए।

न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति लक्ष रहेको भन्दै आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो।

यस्तै, उनले आगामी साउनदेखि लागु हुनेगरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत संवद्ध सबैमा आग्रह समेत गरे।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्