Kathmandu Press

‘न्याय दिने–दिलाउने कार्य सिद्धान्त र परिभाषामा नभई कर्ताको कर्ममै प्रतिबिम्वित हुनुपर्छ’

‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न।’
‘न्याय दिने–दिलाउने कार्य सिद्धान्त र परिभाषामा नभई कर्ताको कर्ममै प्रतिबिम्वित हुनुपर्छ’

काठमाडौं, जेठ ४ : राष्ट्रपति रामचन्द्र पौडेलले न्याय दिने र दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा नभएर कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने पनि बताएका छन्। ‘न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ,’ नेपाल बारएशोसिएसनको राष्ट्रिय सम्मेलनका अवसरमा उद्घाटन मन्तव्य दिनेक्रममा राष्ट्रपतिले भने।

‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न,’ अर्को एक प्रसङ्गमा राष्ट्रपति पौडेलले भने।

Hardik ivf

न्याय महसूस हुनुपर्ने पनि राष्ट्रपति पौडेलले बताए। ‘न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ,’ उनले भने, ‘संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।’

न्याय आफै हुने वा प्रकट भैहाल्ने कुनै चिज वा वस्तु नभै यो गरिने विषय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिका हुने हुँदा बार र बेञ्च बीचमा बेलाबेलामा  छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास समेत व्यक्त गरे।

‘न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो,’ राष्ट्रपति पौडेलले भने। विभिन्न अभाव र समस्या रहेपनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसाथ गर्नुपर्ने धारणा समेत पौडेलले व्यक्त गरे।

‘न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपतिको भनाई थियो ।

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्दत पुग्ने विश्वास समेत राष्ट्रपति पौडेलले व्यक्त गरे।

न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुन सक्ने पौडेलको भनाइ थियो।  

लोकतान्त्रिक प्रणाली भित्र नै न्यायपालिका सक्षम हुने भनाई पनि राष्ट्रपति पौडेलले राखे। ‘सक्षमताका निमित्त ऊ आफैं निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्याय सम्पादनमा समरुपमता हुनुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्