सूचना टाँसेर संसद बैठक २ बजेसम्मका लागि स्थगित
दलहरुबीच सहमति नहुँदा ११ बजे बस्ने भनिएको बैठक संसद सचिवालाय सूचना टाँस गरेर २ सम्मक लागि स्थागित गरेको छ।
काठमाडौं, जेठ ४ : सत्तापक्ष र प्रतिपक्षबीच सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानविन समिति बनाउने विषयमा सहमति हुन नसकेपछि प्रनिधिनिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
दलहरुबीच सहमति नहुँदा ११ बजे बस्ने भनिएको बैठक संसद सचिवालाय सूचना टाँस गरेर २ सम्मका लागि स्थागित गरेको छ।
प्रतिपक्षको नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले बिहीबार संसद बैठक अगाडि बढाउने प्रयास गरेपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएको थियो। सो घटनापछि वातावरण थप बिग्रिएको छ।
यसअघि कांग्रेसले मात्रै संसदीय छानविनको माग गर्दै आएकोमा त्यो मुद्दा अब प्रतिपक्षी सबै दलहरुले उठाउने भएका छन्।
प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)