सहकारीको रकम अपचलनकाे विषयमा संसदीय छानविन समिति बनाउनैपर्छ : विपक्षी दलहरु
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषय पनि विपक्षी दलहरुले अवाज उठाउने र यस विषयमा सभामुखलाई संयुक्त रुपमा ध्याकर्षण गराउने निर्णय गरेका छन्।
काठमाडौं, जेठ ४ : सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने जोडिएको विषयमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठकले संसदीय छानविन समिति बनाउने कांग्रसको मागलाई समर्थन गर्ने निर्णय गरेको हो।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको थियो। बैठकमा जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपालगायत दलका नेताहरुको सहभागीता थियो।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषय पनि विपक्षी दलहरुले अवाज उठाउने र यस विषयमा सभामुखलाई संयुक्त रुपमा ध्याकर्षण गराउने निर्णय गरेका छन्।
प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)