Kathmandu Press

नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध छ : अध्यक्ष केसी

सरकारले सन् २०३५ सम्म देशको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब बराबरको आर्थिक लागत लाग्ने लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेकामा त्यसमा बैंकिङ क्षेत्रको बलियो आर्थिक साथ खोजेको छ।
नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध छ : अध्यक्ष केसी

काठमाडौं, जेठ ४ : नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले अगाडि बढाएको उर्जा उत्पादनको नीतिमा संघले आर्थिक लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर नेपालको उर्जा उत्पादनको क्षमताको आधारमा सरकारले सन् २०३५ सम्म थप २८ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ।

Hardik ivf

सरकारले सन् २०३५ सम्म देशको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब बराबरको आर्थिक लागत लाग्ने लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेकामा त्यसमा बैंकिङ क्षेत्रको बलियो आर्थिक साथ खोजेको छ।

शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालको उर्जा क्षेत्रमा बैंकहरुले सबैभन्दा धेरै लगानी गर्दै आएको र त्यसलाई निरन्तरता दिने बताए। यस्तै उनले सरकारले बैंकिङ क्षेत्रबाट चाहेको साथ दिन आफूहरु तत्पर रहेको स्पष्ट पारे।

‘२०३५ सम्ममा जुन १० बिलियन डलर थप उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,त्यसको लागि पनि नेपालको बैंकिङ क्षेत्र तत्पर छ। हामीले आज उर्जा क्षेत्रमा तीनसय अर्ब लगानी गरेका छौं,’ उनले भने, ‘०३५ सम्म पुग्दा नेपालको बैंकिङ इन्डस्ट्रीको व्यालेन्स सिट करिब एकसय खर्ब बढीको हुन जान्छ। २०३५ सम्म २८ हजार मेगावट विद्युत उत्पादन गर्ने कार्ययोजनामा नेपालको बैंकिङ इन्डस्ट्री लगानी गर्न प्रतिबद्ध छ।’

यस्तै, उनले नेपालको बैंकिङले मात्र गरेर नपुग्ने भएकाले अबको दिनमा नेपालको हाइड्रोपावर सेक्टर विदेशी लगानी भित्र्याउनको लागि तयार हुनुपर्नेमा जोड दिए।

नेपालको हाइड्रोपावर क्षेत्रमा जलविद्युत उत्पादन, विकास र विस्तार गर्न आवश्यक वातावरण बनाएर सरकार र निजी क्षेत्रले लगानी भित्र्याउने वातावरण बनाउनुपर्नेमा अध्यक्ष कसीले जोड दिए।

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्