Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा नेपाल बारको राष्ट्रिय सम्मेलन उद्घाटन

‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठानमा कानुनव्यवसायीको राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको हो।
राष्ट्रपति पौडेलद्वारा नेपाल बारको राष्ट्रिय सम्मेलन उद्घाटन

काठमाडौं, जेठ ४ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठानमा कानुनव्यवसायीको राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको हो। सम्मेलन तीन दिनसम्म चल्ने छ।

Hardik ivf

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बोल्नेक्रम जारी छ। सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने बताइएको छ।

 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्