Kathmandu Press

सत्तापक्ष र प्रतिपक्ष दुवै छुट्टाछुट्टै छलफलमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आव्हानमा प्रतिपक्षी दलहरु संसद भवन बानेश्वारमा छलफलमा छन् भने सत्तारुढ दलहरु सिंहदरबारमा छलफल गरिरहेका छन्।
सत्तापक्ष र प्रतिपक्ष दुवै छुट्टाछुट्टै छलफलमा

काठमाडौं, जेठ ४ : सत्तापक्ष र प्रतिपक्षी दलहरुले छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आव्हानमा प्रतिपक्षी दलहरु संसद भवन बानेश्वारमा छलफलमा छन् भने सत्तारुढ दलहरु सिंहदरबारमा छलफल गरिरहेका छन्।

कांग्रेसले बोलाएको छलफलमा राप्रपा, लोसपा, जसाप नेपाल, नेमकिपालगायका दलका नेताहरु सहभागी छन्।

Hardik ivf

प्रतिपक्षीको विरोधका बाबजुद बिहीबार सभामुखले संसद बैठक अगाडि बढाउने प्रयास गरेपछि धकेलाधकेल भएको थियो। प्रतिपक्षी दलहरुले सभामुख देवराज घिमिरेले तटस्थाताको भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।

सोही विषयमा साझा धारणा बनाउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ।

यता, सत्ता गठबन्धनमा रहेका दलहरु सिंहदरबारमा छलफल गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री पुष्ककमल दाहाल, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन्।

कांग्रेसले सहकारी रकम अपचलनमा गृहमन्त्री पनि जोडिएको त्यसको छानविन संसदीय समिति बनाएर गर्नुपर्ने माग गर्दै आएको छ। तर, सत्ता पक्ष त्यसमा तयार नुहँदा संसदमा निरन्तर अवरोध सिर्जना हुँदै आएको छ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

 

प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्