विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग खेल्ने
नेपालले मे २७ क्यानडा र मेमा ३० अमेरिकासँग डालासमा खेल्नेछ।काठमाडाैं, जेठ ४ : नेपालले अमेरिका र क्यानडासँग टि–२० विश्वकपको वार्मअप खेल खेल्ने भएको छ।
आईसिसीले शुक्रबार नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने तालिका तय गरेको छ। कम्तिमा एउटा वार्मअप खेल टेस्ट राष्ट्रसँग हुने अपेक्षा गरिए पनि त्यो भने हुनसकेन।
नेपालले मे २७ क्यानडा र मेमा ३० अमेरिकासँग डालासमा खेल्नेछ।
जुन १ सुरु हुने विश्वापका लागि २ साताअघि नै नेपाली टिम अमेरिका पुगिसकेको छ। अहिले वेस्टइन्डिजमा अभ्यास गरिरहेको नेपाली टिम आजै अमेरिका फर्कने तालिका छ।
वेस्टइन्डिजमा नेपालले २ अभ्यास खेल खेलिसकेको र आज अन्तिम अभ्यास खेल खेल्ने छ। अमेरिकामा पनि नेपालले २ अभ्यास खेल खेल्ने तालिका छ।
विश्वकपमा नेपाल समूह डीमा छ। यो समूहमा बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन्। नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ।
प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘मायावी’ शिवरात्रीमा आउनेसोमबार, मंसिर १०, २०८१
कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहरसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१