Kathmandu Press

सुनको मूल्य सामान्य घट्यो

छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।
सुनको मूल्य सामान्य घट्यो

काठमाडौं, जेठ ४ : बिहीबार कीर्तिमान कायम भएको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ।

चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ। बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ।

प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्