Kathmandu Press

‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’

उनले सत्ता पक्ष र प्रतिपक्षका सांसद आफ्ना आसनमा नबसेका बेला बिहीबार सभामुखले जबरजस्ती सदन सञ्चालन गरेको आरोप लगाइन्।
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
फाइल तस्बिर।

रामेछाप, जेठ ४ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताएकी छिन्।

नेपाल प्रेस युनियनले मन्थलीमा आयोजना गरेको पत्रकार भेटमा उनले सत्ता पक्ष र प्रतिपक्षका सांसद आफ्ना आसनमा नबसेका बेला बिहीबार सभामुखले जबरजस्ती सदन सञ्चालन गरेको आरोप लगाइन्।

Hardik ivf

प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउन आश्वासन दिएपछि सहमत भएर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको भए पनि प्रस्तुत नीति तथा कार्यक्रम परम्परागत भएको आरोप लगाउँदै पार्टीको ‘बटम लाइन’ संसदीय छानबिन समिति नै भएको बताइन्।

उनले समिति गठन सडक आन्दोलन गर्ने चेतावनी पनि दिइन्।

नीति तथा कार्यक्रममा महिला सशक्तीकरण, व्यापार व्यवसाय प्रवद्र्धन र वैदेशिक रोगजारीमा गएका ३० लाखभन्दा बढीलाई निजी क्षेत्रसँगको साझेदारीमा फर्काएर उनीहरूलाई रोजगारी दिने योजना समावेश नभएको आरोप पनि लगाइन्।

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्