Kathmandu Press

सभामुखले तटस्थता देखाउनु भएन, सहकारीको मुद्दा छोड्दैनौं : कांग्रेस

‘संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासमा विपक्ष दल उभियो मात्रै भयो भने संसद अवरोध भएको मानिन्छ,’ उनले भने, ‘तर सिंगो प्रतिपक्ष वेलमा आएर नारा लगाउँदै गर्दा पनि संसद बैठक सञ्चालन गर्नु उचित हुँदैन भन्ने हामीले ठहर गरेका छौं।’
सभामुखले तटस्थता देखाउनु भएन, सहकारीको मुद्दा छोड्दैनौं : कांग्रेस
फाइल तस्बिर।

काठमाडौं, जेठ ४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालनमा तटस्थता देखाएको आरोप लगाएको छ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सभामुखले तटस्थता नदेखाएको उल्लेख गर्दै तटस्थ र निष्पक्षता पूर्वक बैठक सञ्चालन गर्न अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको कांग्रेसको ठहर छ।

Hardik ivf

‘संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासमा विपक्ष दल उभियो मात्रै भयो भने संसद अवरोध भएको मानिन्छ,’ उनले भने, ‘तर सिंगो प्रतिपक्ष वेलमा आएर नारा लगाउँदै गर्दा पनि संसद बैठक सञ्चालन गर्नु उचित हुँदैन भन्ने हामीले ठहर गरेका छौं।’

विरोधकाबीच सभामुखले बैठक सञ्चालन गरेको र गृहमन्त्रीलाई बोल्न समय दिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। उनले सदनभित्र सबै दलको सभामुख भएर काम गर्नपर्ने बताए।

सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए।

‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ। कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ,’ उनले भने।

बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्