Kathmandu Press

राजनीतिक दल सम्बन्धी संशोधन विधेयक सरकारले फिर्ता लियो

सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो।
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक सरकारले फिर्ता लियो

काठमाडौं, जेठ ४ : सरकारले राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। सरकारको संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद सचिवालयमा पुगेको बताइएको छ।

सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो।

Hardik ivf

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको राजनीतिक दल सम्बन्धी सरकारले उक्त अध्यादेश खारेज गरे गरेको थियो।

तर कानुन बमोजिम प्रतिस्थापन विधेयक नआउँदा अध्यादेश निष्कृय भएपछि अहिलेको सरकारले राजनीतिक दल सम्बन्धी साविककै (केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य संख्या आवश्यक पर्ने) व्यवस्था कायम गर्न संशोधन विधेयक संसदमा दर्ता गराएको थियो।

त्यसमा छलफल गर्न पटक पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन। यो विधेयक विहीबारको कार्यसूचीमा पनि थियो। तर नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूची प्रभावित भएको थियो।

प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्