कांग्रेसले बोलायो प्रतिपक्षी दलहरुको बैठक
बैठकका लागि जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायत दलका नेताहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ।
काठमाडौं, जेठ ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुको बैठक बोलाएको छ।
संसद भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठक सकिने विपित्तकै प्रतिपक्षी दलहरुको बैठक बस्नेछ।
बैठकका लागि जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायत दलका नेताहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ।
संसदमा बिहीबार सभामुख देवराज घिमिरेले नाराबाजीका बीच पनि बैठक सञ्चालनको प्रयास गरेपछि धकेलाधकेलको स्थिति बनेको थियो।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको हो।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरुबीच कुनै संवाद नभएका बैठक समयमै बस्नेमा आशंका छ।
प्रकाशित मिति: १०:५७ बजे, शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)