Kathmandu Press

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल

नेता डा. रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने बताए।
नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल

रुपन्देही, जेठ ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने सम्भावना धेरै रहेको छ बताए।,

यस्तै, नेता डा. रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने बताए। उनले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताए।

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्