Kathmandu Press

‘आज संसदमा जे भयो, त्यसको जिम्मेवारी सभामुखले लिनुपर्छ’

‘सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ। सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएपछि अप्रिय अनपेक्षित स्थिति सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ।’
‘आज संसदमा जे भयो, त्यसको जिम्मेवारी सभामुखले लिनुपर्छ’

काठमाडौं, जेठ ३ : बिहीबार प्रतिनिधिसभामा भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ।

सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेलको स्थितिपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। लगत्तै ससंद भवनमै प्रत्रकार सम्मेलन गरेर कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएपछि अप्रिय घटना भएको बताएको छ।

‘सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ। सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएपछि अप्रिय अनपेक्षित स्थिति सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ,’ पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री गगन थापाले भने।

Hardik ivf

थापाले सभामुख घिमिरे आदेश पालकको भूमिका देखिएको बताए। उनले एमाले अध्यक्ष केपी ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको बताए।

‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रुपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो,’ उलने भने, ‘यसरी निरन्तर रुपमा जाँदैन भन्ने अपेक्षा गर्छौं । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रुपमा निर्वाह गर्न सचेत गराउँछौं।’

पदीय जिम्मेवारी निर्वाह गर्न सभामुख घिमिरे चुकेको बताउँदै उनले सभामुखले तटस्थताको भूमिका निभाउन नसकेको बताए।

‘सदनमा सभामुख जहिल्यै दलगत आबद्धताबाट मुक्त भएको, आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं । त्यो रुपमा लिएका हुन्छौं,’ उनले भने।

उनले संसदीय छानविन समिति गठनको मागमा आफूहरु अडिग रहेको बताए। गृहमन्त्रीलाई बोल्न दिइने बताउँदै उनले त्यसपछि कांग्रेसले बोल्न पाउनु पर्ने बताए।

‘हामीलाई संसदीय समिति चाहिन्छ । गृहमन्त्रीजी बोल्नुहुन्छ यो कुरा ठिक छ भनेका थियौं, गृहमन्त्री बोल्ने र त्यसमा कांग्रेस बोल्न नपाउने भन्नेचाहिँ हुँदैन। चित्त बुझेन भने हाम्रो कुरा राख्छौं भनिएको थियो। तर सत्तापक्षले गृहमन्त्रीले बोलेपछि अरूले बोल्न नपाउने भन्यो,’ थापाले भने।

 

प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्