अब संसदीय छानविन समिति बन्दैन : रास्वपा सांसद झा
उनले सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न आफूहरु तयार हुँदा पनि सहमति हुन नसकेकाले अब संसदीय समिति नबन्ने बताए।
काठमाडौं, जेठ ३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अब संसदीय छानविन समिति बन्न नसक्ने बताएका छन्।
धकेलाधकेलबीच प्रतिनिधिसभा बैकठ स्थगित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद झाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएकाले संसदीय समिति बन्न नसक्ने बताए।
उनले सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न आफूहरु तयार हुँदा पनि सहमति हुन नसकेकाले अब संसदीय समिति नबन्ने बताए।
उनले कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार भएपछि मात्र संसदीय छानविन समिति बन्ने बताए।
प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)