दाहाल, ओली र लामिछाने छलफलमा
प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ बानेश्वरस्थित संसद भवनमै छलफलमा बसेका हुन्।
काठमाडौं, जेठ ३ : धकेलाधकेलबीच प्रतिनिधिसभा बैठकस्थगित भएलगत्तै सत्तारुढ शीर्ष तीन दलका नेताहरु छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ बानेश्वरस्थित संसद भवनमै छलफलमा बसेका हुन्।
कांग्रेस सांसदहरुको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउने प्रयास गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीच तनाव उत्पन्न भएको थियो।
कांग्रेसले संसद्मा देखाएको व्यवहार, संसद् अवरुद्ध र निकासका विषय शीर्ष तीन नेताबीच छलफल भइरहेको बताइएको छ।
प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)