Kathmandu Press

संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार भयो : एमाले

एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताएका छन्।
संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार भयो : एमाले

काठमाडौं, जेठ ३ : एमालेले बिहीबार संसदमा आफ्ना संसदीय दलका नेता केपी ओलीमाथि पमानजनक व्यवहार गरेको आरोप लगाएको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताएका छन्। उनले कांग्रेस आज संसदमा अलोकतान्त्रिक र असंसदीय व्यहवार देखाएको बताए।

Hardik ivf

आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद उत्पन्न भएको थियो। सभामुखले रवि लामिछानेलाई बोल्न दिएपछि ओली आफ्नो सिटबाट उठेर रविलाई रोस्टममा जान आग्रह गरेका थिए।

त्यसपछि एमाले र कांग्रेस सांसदहरुबीच धकेलाधकेल भएको थियो।

यस्तै, संसद तथा एमाले सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए। उनले कांग्रेसले बोल्न पाउने अधिकारलाई कुण्ठित गरेको बताए।

 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्