Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सभामुखले प्रतिनिधिसभा बैठकमा देखाएको व्यवहारको समीक्षा गर्न कांग्रेसले संसीय दलको बैठक बोलाएको हो।
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, जेठ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

सभामुखले प्रतिनिधिसभा बैठकमा देखाएको व्यवहारको समीक्षा गर्न कांग्रेसले संसीय दलको बैठक बोलाएको हो।

Hardik ivf

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै बिहीबारे प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै वेल घेरेपनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउने प्रयास गरेका थिए।

सभामुख घिमिरेले नाराबाजीकै बीच राष्ट्रिपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेर सुनाएका थिए।

विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

कांग्रेस सांसद रामहरि खड्काले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए।

प्रकाशित मिति: १८:५७ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्