सभामुखबाट संसदीय इतिहासमै गर्न नहुने काम भयो : कांग्रेस
‘विपक्षी वेलमा हुँदाहुँदै जसरी सभा सञ्चालन गर्न थाल्नुभयो, त्यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा धेरै गर्न नहुने काम भयो।’
काठमाडौं, जेठ ३ : संसदमा भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल सभामुख देवराज घिमिरेबाट संसदीय इतिहासमै गर्न नहुने काम गरेको टिप्पणी गरेको छ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले संसदीय मर्यादा र कार्यविधि विपरित क्रियाकलाप गरेको भनाई राखेका छन्।
संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले भने, ‘विपक्षी वेलमा हुँदाहुँदै जसरी सभा सञ्चालन गर्न थाल्नुभयो, त्यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा धेरै गर्न नहुने काम भयो।’
महतले सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुँदा विपक्षी वेलमा आएपछि सभालाई अघि बढाउने काम नगरेको स्मरण पनि गरे।
बिहीबारको बैठकमा संसदमा धकेलाधकेल र नाराबाजी भएपछि सभामुखले बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)